<p><b>बैशाख ९, पाल्पा | </b>पाल्पामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पाल्पाको रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । <br></p><p>ती बालिकालाई सारूले गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । </p>
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
