Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
May 23, 2024 समाज

रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन

By साझासवाल

जेठ १०, रौतहट । रौतहट स्थीत ट्राफिक प्रहरी कार्यालयले मात्र २२ दिनको अवधिमा ३३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको पाईएको छ।

गत बैशाख १६ गते देखि यही जेठ ८ गते सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने २८ सय १२ जना सवारी चालकहरुलाई सवारी नियम अनुसार कारवाही गरिएको छ। उक्त कार्वाही बाट तेत्तिस लाख एघार हजार  राजस्व संकलन भएको ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिएका छन्।

पछिल्लो समयमा रौतहटको सदरमुकाम गौर देखी ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरीले सक्रियता बढाएपछि राजश्व संकलनमा वृद्धि संगै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।