Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 2, 2024 समाज

सन्दीप लामिछानेलाई भिसा नदिइएको भन्दै संसदभित्रै गरे ज्ञानेन्द्र शाहीले विरोध

By साझासवाल

जेठ २०, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जान भिसा (प्रवेशाज्ञा) नदिइएकोबारे राप्रपा संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् । सन्दीपले भिसा नपाउनु देशमाथिको अपमान भएको शाहीको आरोप छ ।

आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा शाहीले सन्दीपलाई भिसा नदिइएको भन्दै विरोध जनाएका हुन् ।

‘उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गर्छ, क्यान र आईसीसीले स्वीकृत गर्छ । तर खेलाडीको भिसा लाग्दैन,’ उनले संसदभित्र प्रश्न गरे, ‘त्यही देशको प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिड्न लाज लाग्दैन ?’

अमेरिकाले सन्दीपलाई भिसा नदिएको विरोधमा शाहीले सडकमा युवा आन्दोलनको नेतृत्व गरेका थिए ।