Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 3, 2024 समाज

दिलेन्द्र बडूले भने- सरकारले चुच्चे नक्सा भन्छ तर व्यवहारमा देखाएन

By साझासवाल

जेठ २१, काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सरकारले महाकाली करिडोरका लागि बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलको क्रममा बोल्दै चुच्चे नक्सामा समेटिएको भूमिको लागि सरकारले बजेट नछुट्याएको बताए ।

उनले भने, ‘महाकाली करिडोरको लागि बजेट छैन । किन छुटाइयो अर्थमन्त्री र भौतिक मन्त्रीलाई प्रश्न गर्छु । यो एउटा जिल्लाको कुरा मात्रै होइन हामीले चुच्चे नक्सा भन्दै आएको आएको कालापानी, लिपुलेक र लिम्पियाधुरका कुरा हो । यो देशको राष्ट्रियता र स्वाभिमानसँग जोडिएको सडक जहाँ आज तिंकर र व्यास क्षेत्रबाट सदरमुकाम पुग्नको लागि भारतीय भूमि भएर आउनुपर्छ । त्यो क्षेत्रको जनताले आज सत्तापक्षसँग सोधिरहेका छन् यो नारा र व्यवहार फरक भयो भनेर ।’

उनले सरकारले नारा एउटा र व्यवहार अर्को भएको बताए ।