२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरले दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गरेपछि…

२०८१, १३ असार बिहीबार ०८:११

असार १३, काठमाडौँ । चोरी गर्ने उद्देश्यले राति अर्काको घरभित्र छिरेको चोरले सोही घरको एक दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ घटना सार्बजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सरकारी जागिर खाने इच्छा राखेका तर धेरै प्रयास गर्दा पनि लोकसेवा परीक्षा पास गर्न नसकेका २८ वर्षीय विनयकुमार साहुले चोरी गर्न गएको घरको दम्पतीको अन्तरङ्ग भिडियो बनाई १० लाख फिरौतीको मागेको छत्तीसगढ प्रहरीले जनाएको छ।


दुर्ग निवासी विनयकुमार साहु सरकारी जागिर खान चाहन्थे । तर यसका लागि दिएको परीक्षामा उनी सफल हुन सकेनन् ।

त्यसपछि उनी सानोतिनो चोरीमा संलग्न भए । तरकारी बजारतिर डुल्दै उनी ग्राहकको मोबाइल चोरी गर्न थाले । त्यसपछि उनी घरमा पसेर चोरी गर्न थाले । यही क्रममा उनी यसअघि दुई पटक चोरी गरिसकेको घरमा तेस्रो पटक पनि चोरीकै लागि प्रवेश गरे ।

यस क्रममा विनयकुमारले बेडरुममा पति–पत्नीले अन्तरङ्ग पल बिताइरहेको देखे । त्यसपछि उनी झ्यालमा छलिएर सो दृश्यलाई भिडियोमा कैद गर्न थाले ।

भिडियो खिचिसकेपछि बिहान उनले सोही घरका मालिकलाई ह्वाट्सएपमा अन्तरङ्ग भिडियो पठाएर ब्ल्याकमेलिङ गर्न थाले । उनले १० लाख रुपैयाँ नदिए उक्त भिडियो भाइरल गरिदिने धम्की दिए ।

त्यसपछि सो दम्पतीले प्रहरीमा उजुरी गरे । प्रहरीले विशेष टोली परिचालन गरी आरोपितको खोजी सुरु ग¥यो । अन्ततः विनयकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो ।

प्रहरीले उनको साथबाट चोरीका तीन वटा मोबाइलसमेत बरामद गरेको छ । प्रहरीले उनको मोबाइलमा खिचिएको अन्तरङ्ग भिडियोसमेत डिलिट गरिदिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो