Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 30, 2024 समाज

देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ- गृहमन्त्री लामिछाने

By साझासवाल

असार १६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरुको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एकै नभएको बताएका हुन् ।

उनले देशमा राजनीतिक परिवर्तन भएर, संबिधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए । उनले शिर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न एक ठाउमा आउन नसकेको बताए । उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउमा आउनुपर्ने बताए ।

उनले देशको विकास गर्न सबै नेताहरु एक ठाउमा आउन आव्हान समेत गरेका छन् ।