असार १९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सभापति रवि लामिछानेले प्रतिवदेन पेस गर्न दिएका छैनन् ।

मङ्गलबार बसेको सचिवालय बैठकले समीक्षा प्रतिवेदनका आधारमा महामन्त्री ढकालले बनाएको प्रस्ताव केन्द्रीय बैठकमा पेश गर्न दिने निर्णय गरेको थियो । तर, बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले प्रतिवेदन पेस गर्न पाएनन् ।

“हिजो बसेको पार्टीको सचिवालय बैठकले मलाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदनका आधारमा बनेको प्रस्ताव पेस गर्ने अनुमति दिने निर्णय गरेको थियो तर, आज सभापतिले अनुमति दिनुभएन,” महामन्त्री ढकालले भने ।

महामन्त्री ढकालले ३८ जिल्ला पुगी त्यहाँका नेता/कार्यकर्ताहरूसँग संवाद गरी ३२ पन्ने ११ बुँदे समीक्षा प्रतिवेदन तयार पारेका थिए । त्यसपछि उक्त प्रतिवदेनका आधारमा केन्द्रीय समिति बैठकमा पेस गर्न एउटा प्रस्ताव तयार गरेका थिए । तर, केन्द्रीय समिति बैठकमा पेस गर्न पाएनन् ।

यस्तो छ महामन्त्री मुकुललाई सभापति रविले बैठकमा पेस गर्न नदिएको प्रस्ताव (पूर्णपाठ)