Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 9, 2024 समाज

भक्तपुरमा दुई स्कुटर ठोकिँदा एक जनाको मृत्यु

By साझासवाल

<p><b>असार २५, काठमाडौँ । </b>भक्तपुरको गुन्डूमा दुई वटा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सवा ६ बजे प्र २ ०२२ प १७ ४८ र प्र २ ०१७&nbsp; प ५० १२ नम्बर प्लेटको स्कुटर एक आपसमा ठोकिँदा कटुनजेका राम राजा थापा मगरको मृत्यु भएको हो।&nbsp;</p><p>जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका अनुसार मृत राजा राम थापा मगर सूर्यबिनयक नगरपालिका-५, कटुन्जेका २२ वर्षीय बसिन्दा हुन्।&nbsp; राजा राम प्र २ ०२२ प १७ ४८ नम्बर प्लेटको स्कुटरमा यात्रा गर्दै थिए।&nbsp;&nbsp;</p><p>कार्यालयका अनुसार मृत थापा मगरलाई टाउकोमा चोट लागे पछि भक्तपुर अस्पताल लगिएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक डीएसपी राजन कार्कीले प्र २ ०१७&nbsp; प ५० १२ मा सवार ४९ बार्षिया पार्वती नगरकोटीलाई उपचारका लागि मध्यपूर अस्पताल लगिएको बताए।&nbsp;</p><p>उनका अनुसार पार्वती नगरकोटीलाई सामान्य घाउ चोट लागेको छ। डीएसपी राजन कार्कीका अनुसार दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताए।&nbsp;</p>