Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 18, 2024 समाज

एएफसी महिला च्याम्पियन्स लिगको ड्र, एपीएफ क्लब समूह सी मा

By साझासवाल

साउन ३, काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको उद्घाटन सिजनको ड्र सार्बजनिक भएको छ ।

उद्घाटन सत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरु अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइने भएको छ ।

नेपालको एपीएफ फुटबल क्लब समूह सी मा परेको छ र उसले उज्वेकिस्तानको एफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ । एपीएफका खेल मलेसियामा हुनेछन् ।

चार समूह विजेताहरू त्यसपछि समूह चरणमा पुग्नेछन् जहाँ उनीहरूलाई तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरू सामेल हुने छन् ।