2026-06-19 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

साउन ३, काठमाडौँ । उपसभामुख इन्दिरा रानाले बिचौलियासँग साँठगाँठ गरेर केही युवालाई अमेरिका पठाउन दूतावासमा सिफारिस गरेको आरोप लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्र बाहिरिएको छ ।


अमेरिकी दूतावासलानई भीसा दिन माग गर्दै लेखेको पत्र बाहिरिएपछि सत्तारुढ दल नेपाली कांग्रेसले उनको राजीनामा मागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरण विपरितको कार्य गरेकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताए । रानाले रकम उठाएर अमेरिका नपाएका पीडितहरुले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमासमेत उजुरी गरेका छन् । सो उजुरीबारे विस्तृत अध्यक्ष भईरहेको उनले जानकारी दिए ।

‘उपसभामुख जस्तो मर्यादित पदमा बसेको व्यक्तिले यस्तो कार्य गर्न सुहाउँदैन । उहाँले ६ गते प्रतिनिधि सभा बैठक बस्नुअघिनै आफ्नो पदबाट राजीनामा दिनुपर्छ । जान्नेलाई छान्ने पार्टीले उपसभामुख बनाएको व्यक्तिबाट यस्तो कार्य हुनु सोभनीय भएन् । यसबारेमा उहाँ र उहाँको दल रास्वपाले जवाफ दिनुपर्छ’ खतिवडाले रिपोर्टर्स क्लब नेपालका लागि पत्रकार कमल बुढाथोकीसँग संक्षिप्त कुराकानी गर्दै भने ।

उपसभामुख रानामाथि यस्तो गम्भीर आरोप लाग्दा पनिउ नी र उनको सचिवालयले कुनै पनि प्रतिक्रिया जनाएको छैन् । यता रानालाई उपसभामुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसबारेमा केही पनि टिप्पणी गरेको छैन् । प्रतिनिधि सभाको बैठक आइतबारका लागि डाकिएको छ । सो समयसम्म रानाले राजीनामा नदिए सदन चर्काउने सत्तारुढ दलका सांसदको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ