Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 22, 2024 समाज

मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबिच सहमति

By साझासवाल

साउन ७,  काठमाडौँ । काठमाडौँ महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो ।

सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।

काठमाडौँ महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबिच छलफल भएको थियो ।

इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर समितिले मंसिर २ गते प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदनको सुझावको आधारमा त्यसपछि थप कार्य अघि बढाउने सहमति भएको महानगरका प्रवक्ता मानन्धरले जानकारी दिए ।

न्यूरोडमा काठमाडौँ महानगरले गरिरहेको फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनसहित स्थानीयले विरोध गर्दै आएका थिए ।