Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 24, 2024 समाज

आफ्नै कर्मचारीको टोली लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

By साझासवाल

साउन ९, काठमाडौँ । काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।

जहाजमा चालकदलसहित १९ जना बताइएको छ । यद्यपि विमानस्थल कार्यालयले यसबारे पुष्टि गरेको छैन् ।

स्रोतका अनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।