Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 24, 2024 समाज

सौर्य एयर दुर्घटना: १९ मध्ये १८ जनाको मृत्यु हुँदा कसरी बाँचे क्याप्टेन शाक्य

By साझासवाल

साउन ९, काठमाडौँ । आज बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषराज शाक्यको अवस्था खतरामुक्त रहेको बुझिएको छ ।

दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।

स्रोतका अनुसार शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान कन्टेनरमा ठोक्किँदा अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो ।

‘हामीले क्याप्टेन शाक्यलाई कन्टेनरभित्रबाट निकालिएका हौँ’, विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले भने । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको विमान आधा मिनेट पनि नबित्दै विमानस्थलको एक छेउमा राखिएको कन्टेनरलाई धक्का दिँदै तल बजारिएको थियो ।

क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरे । २०२२ देखि उनले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् ।