Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 25, 2024 समाज

समिति सभापतिसँग चर्काचर्की भएपछि बैठक छोडेर बाहिरिए सांसद सुदन किराँती

By साझासवाल

साउन १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले संसदीय समिति बैठक बहिष्कार गरेका छन्।  सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सभापति राजकिशोर यादवले बोल्न रोकेको भन्दै सांसद किरातीले बैठक बहिष्कार गरेका हुन्।

बैठकका लागि राखिएको विभिन्न एजेण्डमा धारणा राखिरहँदा सभापति यादवले विषय केन्द्रीत भएर छोटोमा आफ्ना कुरा राख्न आग्रह गरेका थिए। त्यसलगतै किराँतीले आफू टेक्निकलविज्ञ नभएर सांसद भएकाले नीतिगत कुरा राखेको बताएका थिए।

उनले समितिले राखेका एजेण्डामा नै बोलेको समेत दावी गरे। त्यसपछि सभापति यादवले आफ्ना भनाइ सक्न आग्रह गरेपछि थप विषय नराखी उनी बैठकबाट बाहिरिएका थिए। सो क्रममा किराँतीले आफूलाई सभापतिले धम्काउन बोलाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।