Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जापानद्वारा चारवटा एम्बुलेन्स हस्तान्तरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १, काठमाडौँ । जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सन्जीव थापालाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा जापानी राजदूतमा ओगावाले नेपालका ग्रामीण समुदायका मानिसलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सहयोगस्वरुप एम्बुलेन्सहरु प्रदान गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सन्जीव थापा र महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रससँग तीन दशकदेखि खानेपानी, सरसफाइलगायतका मानवीय सेवामा सहयोग गर्दै आएकामा जापान सरकार, जापानी रेडक्रस र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रसका गुल्मी, प्यूठान, मोरङ् र उदयपुर जिल्लाका रेडक्रस प्रतिनिधिलाई ती एम्बुलेन्सहरु आजै हस्तान्तरण गरियो । ती एम्बुलेन्सहरुको लागत करिब रु ७४ लाख रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले हाल देशका ६७ जिल्लाका २०५ स्थानबाट एम्बुलेन्स सेवा दिँदै आएको छ । रासस