Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

By kit 4 मिनेट पढाइ

मङ्सिर ७, गुल्मी । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् ।

पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए । कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन् । मङ्सिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

‘प्रसूति अवस्थामा पक्षघातले समेत थलापारेपछि उनकोे मृत्यु भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भन्नुभयो, ‘अहिले १३ वर्षकी सङ्गिता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन् ।

गाउँलेकै सल्लाहअनुसार श्रीमान्लाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो । आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उहाँले बताउनुभयो ।

उनले जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिक छोरीलाई भने धर्मछोरी बानाएर पाल्नको लागि आफूले लगेको पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस– ९ का विश्व भुसालले बताउनुभयो ।

दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन् । आर्थिक अभावकाकारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल प¥याइए पनि बढि खर्च लाग्ने भएपछि परिवारका सदस्यले उनको उपचारमा सहयोग जुटाउन सकेनन् ।

अहिले ती छोरीहरुको अध्ययनमा सहयोग पु¥याउन रकम सङ्कलन गरिरहेकाले सहयोग गर्न आग्रह गर्दै शिक्षक कुँबरले भन्नुभयो– ‘‘मेरै नेतृत्वमा सहयोग सङ्कलनको काम गरिरहेका छाँ र केही रकम सङ्कलन पनि भएको छ ।’’ रासस