मङ्सिर १३, काठमाडौं । सोमबार विहान गएको भूकम्पबाट एक जनाको ज्यान गएको छ ।

भूकम्पका कारण चट्टान खसेपछि अमादब्लम हिमाल आरोहण गर्न गएका लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको हो ।

शेर्पासहितको टोली अमादब्लम हिमाल आरोहणका लागि गएको थियो । घाइते ४५ वर्षका शेर्पालाई उद्धार गरी हेलिकोप्टरमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

यस्तै भूकम्पका कारण खसेको पहिरोले लुक्लामा दुई घरमा पुरिएको बताइएको छ । रामेछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

November 28, 2016
काठमाडौँ - KTM, समाज
सोमबारको भूकम्पबाट एकको मृत्यु, पहिरोले दूई घर पुरिए
By kit
2 मिनेट पढाइ