पढ्न करिब 2 मिनेट लाग्छ

फागुन २२, काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्केच नै बनाएर टेलीफोन नम्बरसहित ३० व्यक्तिको नाम सार्वजनिक गरेको छ । युएईमा १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ गर्ने बाँकि रहेको प्रहरीले जनाएको छ ।

यस्तै अनुसन्धानका क्रममा नियन्त्रणमा लिएकाहरुमध्ये १२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । सीआइबीका अनुसार सुन तस्करीमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक श्यमबहादुर खत्री, त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्नीसयन राजकुमार ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, न्यूरोडका सुन पसलेहरुः रोजश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ, सुर्खेतका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा, धनुषाका सन्तोष काफ्ले र काभ्रेपलाञ्चोकका रामहरी कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको छ ।

दुबईबाट नेपालमा सुन पठाउनेदेखि विमानस्थलमा सेटिङ मिलाउने, क्यारिङ गर्ने र सुन खरिद गर्नेसम्मलाई पक्राउ गर्न प्रहरी सफल भएको सीआइबीले जनाएको छ । दुबईबाट सुन पठाउने गिरोहमा मुख्य नाइकेहरुलाई फक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख डिआईजी नवराज सिलवालले जानकारी दिए । प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार रहेको जनाइएको छ ।

युएईमा १० र नेपालमा रहेका ८ जनाको नाम यसप्रकार छ ।

कुशुम गोयल

राहुल गोयल

विभूति अमोल

प्रमोद श्रेष्ठ

चूडामणि उप्रेति

केशव चापागाईँ

दुर्गाप्रसाद खरेल

गोपाल भुसाल

मालिका बज्राचार्य

रामकृष्ण गोयल

रवि राजेश बोगटी

शनि श्रेष्ठ

गीता श्रेष्ठ

राजेन्द्र शाक्य

रोशन भुषाल

कृष्ण गोपाल अग्रवाल

राजन प्रसाद पन्त

अर्जुन प्रसाद खरेल