Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज फागु पूर्णिमा अर्थात होली, रङ दलेर हर्षोल्लासपूर्वक मनाइँदै

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, काठमाडौँ । आज रंगहरूको पर्व फागु पूर्णिमा अर्थात् होली । काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइदैछ ।

हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्वलाई फागु पनि भन्ने गरिन्छ । यो वर्ष पहाडी जिल्ला तथा उपत्यकामा आइतबार होली मनाए पनि तराईमा भने सोमबार मनाइदै छ ।

गत आइतबार बिहानी शुभसाइतमा बसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि होली पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतु आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अबिर एकआपसमा दलेर होली खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुराज वसन्त ऋतुको आगमन हुने विश्वास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ। राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ। सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन्। युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् ।

भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन्। यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ। होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

भक्तपुर बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयलको रुखको हाँगालाई विशेष पूजा गरेर चीर ठड्याउने चलन छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर -विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गो)लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । इच्छाविपरित जथावाभी लोला हान्ने, रंग दल्ने तथा रसायनयुक्त पदार्थ प्रहार गर्नेलाई सुरक्षा निकायले कडा कारवाही गर्ने चेतावनी दिएको छ ।