Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारले तोक्यो म्यादी प्रहरीको सेवा सुविधा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ७, काठमाडौं । सरकारले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीलाई ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको हो । यो सुबिधा अनुसार उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँने भएका छन् ।

अघिल्लो निर्वाचनमा जस्तो सरकारले यस पटक पोशाक सिलाएर नदिने भएको छ । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्ने बताइएको छ ।

निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यसैगरी निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि पाउने भएका छन् ।

यस्तै सरकारले निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा म्यादी प्रहरीका लागि ५५ दिने वीमाको व्यवस्था गरेको छ । निर्वाचन अवधिभर प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना वीमा गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति पाउनेछन् । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले जनाएको छ ।