Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सूचना विभागको प्रेसपासकै आधारमा समाचार सङ्कलन गर्न पाइने

By kit 3 मिनेट पढाइ

बैशाख २६, काठमाडौँ । निर्वाचन आयोगले आमसञ्चाम माध्यममा कार्यरत पत्रकारलाई सूचना विभागबाट उपलब्ध गराइएको प्रेसपासका आधारमा स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि बेग्लैखालको विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको सूचना विभागबाट उपलब्ध परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्ने व्यवस्था गरिएको आयोगाका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले सबै समाचार माध्यमका पत्रकार र फोटो पत्रकारले सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार सङ्कलन गर्न सकिने व्यवस्था रहेको हो ।

स्थानीय तहको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत रहेको छ । रासस