Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भोलि अनुमति बेगरका सवारी सञ्चालन गर्न नपाइने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ३०, काठमाडौँ  । स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिनुभएको जानकारी अनुसार भोलि निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ ।

विदेशबाट आएका पर्यटकहरुका लागि त्रिभुवन विमानस्थलबाट तीनवटा बेग्लाबेग्लै रुटमा सवारी साधन सञ्चालन गरिने भएको छ ।

उहाँका अनुसार निर्वाचनका लागि गत वैशाख १ गतेदेखि आजसम्म काठमाडौँबाट बाहिर जाने यात्रुको सङ्ख्या २२ लाख ४४ हजार ४५९ पुगेको छ र काठमाडौँ भित्रिनेको सङ्ख्या २१ लाख ३८ हजार ९३८ रहेको छ ।

आज नेपाल बन्द भनी हल्ला चले पनि काठमाडौँमा सवारी साधन सञ्चालनमा कुनै प्रभाव नपरेको र अहिलेसम्म कुनै घटना नभएको जानकारी पनि उहाँले दिनुभयो ।