जेठ १७, सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ ।

उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १७, सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ ।

उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

May 31, 2017

जेठ १७, सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ ।

उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ ।

विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन प्रतिदिन अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिन्डर हराउँदा ज्यान नै जोखिममा पर्नसक्ने उनीहरुको चिन्ता छ ‘माथिमाथि यो विषय एकदमै गम्भीर बनिरहेको छ, यस पटक पनि बारम्बार सिलिन्डर चोरिएको घटना मैले सुनें’ हालै सगरमाथा आरोहण गरेर फर्किएका पथ प्रदर्शक छिरिङ तेञ्जिङ शेर्पाले बताए ।

उनले भने, ‘ यसले एकदमै जोखिमपूर्ण हुनसक्छ किनभने माथि गइरहँदा चुचुरोमा नपुग्दै उनीहरुको अक्सिजन सकिनसक्छ र फर्कनका लागि उनीहरुले सञ्चित गरिएका सिलिन्डर प्रयोग गर्ने योजना बनाएका हुन्छन्, त्यो हराउँदा ज्यानसमेत गुमाउनुपर्छ’ पर्वतारोहण क्षेत्रमा कार्यरत मानिसले यस्तो चोरी एउटा प्रवृत्तिका रुपमा विकास भइरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण गाइड एसोसिएसनका महासचिव फुर्वा नामग्याल शेर्पा भन्नुहुन्छ, ‘टेन्टका ताला फोडेर चोरहरुले अक्सिजनका सिसी, खानेकुरा र खाना पकाउने ग्यास सिलिन्डर लैजान थालेपछि आफूहरुले केही गर्न सकिदैन’

‘यस्ता घटनाका कारण आरोहीले चुचुरोमा नै नपुगी फर्कनुपरेको पनि छ किनभने जीवन रक्षाका लागि अनिवार्य अक्सिजन नै हराएपछि फर्कनुको विकल्प छैन’ शेर्पाले भने ।

पथप्रदर्शकका अनुसार आरोहीहरुले सगरमाथाको चुचुरोमा पुग्न र त्यहाँबाट फर्कन औसतमा सात सिलिन्डरसम्म अक्सिजनको खपत गर्ने गर्छन् । आरोहीले श्वासप्रश्वासका लागि त्यसलाई फरक/फरक परिमाणमा खपत गर्छन् र एकदमै उच्चदरमा प्रयोग गर्दा एउटा सिलिन्डर पाँच घन्टासम्म प्रयोग गर्न सकिने पथप्रदर्शक बताउँछन् ।

गुनासो गर्नु मात्र हो, त्यहाँ सुन्ने कोही हुँदैन, सुरक्षाकर्मीको उपस्थिति हुन्न, सरकारले खटाएका सम्पर्क अधिकृत एकाध दिनबाहेक बस्दैनन्, त्यसैले अक्सिजन चोरीका घटना बढ्दै जाँदा आरोहणमै चुनौती थपिनसक्ने जानकार बताउँछन् । माथिल्ला शिविरबाट चोरिएका सिलिन्डरलाई आधार शिविरमा ल्याएर बेच्ने गरिएको पथप्रदर्शक बताउँछन् ।

आरोही छिरिङ शेर्पा भन्छन्, ‘आधार शिविरमा त्यसका लागि राम्रो बजार रहेको जस्तो देखिन्छ ।’ समस्या बढ्दै गएकोले यसलाई सरकारी तहको उच्च निकायबाट ध्यान दिन जरुरी छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक