Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

एसपीमा बढुवा गरिएका शर्मालाई निलम्बन गर्न गृहमन्त्रीको निर्देशन

By kit

साउन ४, काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले डिएसपीबाट एसपीमा बढुवा गरेका सञ्जीव शर्मा दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

पत्रपत्रिका र सामाजिक संजालमा आलोचना भएपछि गृहमन्त्रीले डिएसपी सन्जिव शर्मा दासलाई अनुसन्धानका लागि निलम्वन गरेको बताइएका हुन् ।

गृहमन्त्रीले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, सामाजिक संजाल तथा सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद ।सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’

पाँच बर्ष अघि रामेछापको लिखु गाउँपालिकाकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाही गर्नुको साँटो भगाएको शर्मामाथि आरोप लाग्दै आएको छ । साथै उनले पीडितको उजुरीसमेत लिन नमानेको आरोप छ ।

पाँच बर्ष अघिदेखि फरार अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल भारतको सीमाबाट पक्राउ गरेको थियो ।