Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

टौदहमा भक्तजनको विशेष घुइँचो

By kit

साउन १३, काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि आज भक्तजनको विशेष घुइँचो लागेको छ ।

प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानमा दर्शन गर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् । कर्कोटक नागराजाको बासस्थान मानिने दहको किनारमा विशेषगरी नागपञ्चमीका दिन नागको पूजा गर्न तथा जनै पूर्णिमाका दिन तागाधारीले स्नानसहित जनै फेर्ने, रक्षा बन्धन बाँध्ने आदि गरिन्छ । जनैपूर्णिमाका दिन साउन २३ गते यसपटक चन्द्रग्रहण परेकाले जनैपूर्णिमा पनि आज नै मनाइएको छ ।

कर्कोटक नागराजाले आफ्नी रानीको आँखा दुखेपछि स्थानीय किसानलाई बोलाएर झारफुक (औषधि) गरी निको पारेको र नागराजा खुसी भई हिरा, मोती, मणि, माणिक्य जडिएको भोटो किसानलाई उपहारस्वरुप प्रदान गरेको किंवदन्ती पाइन्छ ।

उक्त दहमा आजको दिन स्नान गरी स्थानीयवासीले मकै, तरकारीलगायत चढाउने र नागको पूजा गर्नाले पारिवारिक सुख, शान्ति तथा सर्पबाट सुरक्षित होइने विश्वास रहेको स्थानीयवासी किरण केसीले जानकारी दिनुभयो । यसैगरी, नागदह, कटुवालदहलगायत स्थानमा पनि आज मेला लाग्ने गर्दछ । रासस