Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिरोले पुरेर एकै परिवारका चारको ज्यान गयो, सिङ्गो गाउँ उच्च जोखिममा

By साझासवाल 4 मिनेट पढाइ

प्रेम सुनार/साउन २०, गुल्मी । आज विहान साढे सात बजे देखि बाग्लुङ्गको  निसीखोला खाउँपाालिकामा अविरल वर्षा सगै गएको पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाकोृ मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् ।

निसीखोला गाउपालिका १ साविक देविस्थान गाविसको हुल्दी गाउँ पुरै जोखिममा परेको छ । सो पहिरोमा परी लाल बहादुर सिँजालीको घर पहिरोले बगाउँदा उनकी ७६ वर्षिया आमा खगिशरा सिँजाली मगर बेपत्ता बनेकी छिन । उनको स्थानीयवासीले खोजी गरिरहेका छन् । तर उनको स्थिति अज्ञात छ । उनलाई जीवितै उद्धार गर्न सकिने अवस्थाको  नरहेको उद्धारमा संलग्नहरुले बताएका छन् ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार कार्य गरिरहेका छन् ।पहिरो करीव २ सय मिटर लामो छ । निरन्तर पहिरो बगी रहेकोले हुल्दी गाउँका १५० घरधुरीका करीब ७ सय जनता पहिरोको जोखिमबाट बच्न गाउ माथीको दहको जंगलतिर लागेको स्थानीयले बताएका छन् । चौपायाहरु भने पहिरोमा परेको उनिहरुको भनाई छ ।पहिरो बगिरहेको छ, थामिएको छैन, यहिक्रम जारी रहे ठुलै पहिरो खसेर निसी खोला नै थुनिने खतरा रहेको स्थानीयले बताएका छन् ।

शुक्रबार विहान आएको बाढी पहिरोमा परी ढोरपाटन नगरपालीका र निसीखोला गाँउपालिकामा गरी ६ जनाको मृत्यु भएको छ । पहिरोका कारण घर पुरिदा ढोरपाटन नगरपालिका अधिकारीचौरका ५५ बर्षिय हुमे बिकको मृत्यु भएको छ भने उनको श्रीमती र एक छोरीको स्थानीयले जिवितै उद्धार गरेका छन् ।

पहिरोको कारण निसीखोला गाउपालिकाको वडा न २ मा एकै परिवारका चार जानाको मृत्यु भएको छ। करिब तीन सय मिटर माथीबाट आएको पहिरोले घर पुरिएर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्ष ६७ का मनिमान छन्त्याल उनको श्रीमती बर्ष ६३ की नन्दिकला छन्त्याल , बुहारी बर्ष २२ कि बिन्दु छन्त्याल र छोरी बर्ष १८ कि गिता छन्त्याल रहेका छन् । अहिलेसम्म तीन जनाको शव भेटिएको र एक जनाको खोजी कार्य जारी छ ।