Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कुसुन्तीमा गोली चल्यो, घाइते खत्रीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २३, काठमाडौँ । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । सोमबार गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीको उपचारको क्रममा मृत्यु भएको हो ।

लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले खत्रीको घरमा अप्रेसनका लागि गएको थियो ।

प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजेका थिए । दुवै हातमा पेस्तोल बोकेका उनले प्रहरीतर्फ गोली हानेको र प्रहरीले जवाफी गोली चलाउँदा उनको मृत्यु महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए ।