दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो

साझासवाल

काठमाण्डौ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये दुई जना बालकको शव भेटिएको छ ।

सशस्त्र प्रहरी बलको गोताखोरले बेपत्ता बालकहरूको शव आज बिहान निकालेको हो ।

१४ वर्षीय राज यादको शव भने हिजो साँझ फेला परेको थियो । उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।

मृतक बालकहरू लुम्बिनी सांस्कृतिक नगरपालिकाका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजन रहेका प्रहरीले जनाएको छ ।