साउन २८, काठमाडौं । दुई दिनदेखिको लगातारको बर्षाले पूर्वी र मध्य क्षेत्रका ववइ र पश्चिम सेती नदीको आठ स्थानमा उच्चखतराको साइरन बजेको छ ।

२४ घण्टामा ववइ नदी अन्तरगत पर्ने चेपाङ स्टेशनमा १७२, तुल्सीपुरमा १७३, घोराहीमा १५८, पदमपुरमा १६४, अम्वपुरमा २८३ पानी परेपछि साइरन बजेको जल तथा मौषमविज्ञान विभागले जनाएको छ ।

यता पश्मिच राप्तीमा ४२७, नारायणीको माडी क्षेत्रमा २०५ र गोविन्दवस्तीमा १६७ मिलिमिटर पानी परेको वाढी पूर्वानुमान महाशाखाको तथ्याङक छ ।

यता ववइ नदिकै भादापुलमा पानीको सतह आठ मिटर नघेर उच्चजोखिम बढेको छ भने प्रतिसेकेन्ड १०२८ मीटरक्यूव पानी बगेकाले वाढीको खतरा बढेको बताइएको छ ।

August 12, 2017
काठमाडौँ - KTM, समाज
देशभर भारि वर्षा: आठ ठाउँका उच्च जोखिम क्षेत्रमा साइरन बज्यो
By kit
2 मिनेट पढाइ