Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । चौरजहारी–७ र ११ मा सञ्चालान भएको शिविरबाट तीन सय ७३ जनाले सेवा लिएका छन् ।

वडा नं ११ को खोलागाउँमा सञ्चालित शिविरबाट दुई सय ३० र वडा नं ७ नार्जीमा एक सय ४३ जनाले सेवा पाएका मानव विकास तथा सामुदायिक सेवा केन्द्रका आपतकालीन स्वास्थ्य सेवा परियोजना संयोजक कुमेर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रक्त समूह परीक्षणलगायत स्वास्थ्य परार्मश सेवा प्रदान गरिएको थियो । चौरजहारी नगरपालिकासँगको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाले शिविर आयोजना गरेको हो । गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।