Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पत्रकार महासङ्घको मतदान सम्पन्न, मत गणना आजैबाट हुने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ५, काठमाडौँ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि सुरु भएको मतदान भर्खरै सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले एक हजार ५०८ मतदातामध्ये ४ बजेसम्म भएको मतदानमा कूल एक हजार ४४९ मत खसेको जानकारी दिनुभयो । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो ।

पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिसहित पचास सदस्यका लागि मतदान भएको हो । महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा गोविन्द आचार्य, तीर्थ कोइराला, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही प्रतिस्पर्धामा हुनुहुन्छ ।

पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि केही बेरमा मतदानस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा नै हुने संयोजक खनालले बताउनुभयो । रासस