करेन्ट लागेर १ जनाको मृत्यु

साझासवाल
0 Min Read

काठमाडौँ | सर्लाहीमा ​करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।​​ गोडैता गाउँपालिका- २ बस्ने ७० वर्षीय महादेव महतोको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।​​

बलरा नगरपालिका- ५ महतो टोलस्थित विद्युतीय मोटर जडान भएको कलबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।