सास | नेपालमा एउटा प्रचलित भनाई छ । “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन् ।” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ करोड देवताहरू भएको उल्लेख गरिएको छ ।

यो सत्य हो?

हिन्दु धर्मको वेदले भन्छ कि यो सत्य होइन । त्यहाँ केवल ३३ वटा मात्रै देवताहरू छन् तर त्यसमा ब्रह्मा, विष्णु र महेश्वर जस्ता देवताहरू पर्दैनन्। उपनीषदमा पनि ‘परमात्मा ब्राह्मण’लाई नै परम वास्तविकता भनिएको छ। ब्राह्मण भनेको ‘ब्राह्मण जाति’ होइन, ‘एक मूल देवता’ नै ब्राह्मण हो। हिन्दु धर्मका ग्रन्थहरू सबै कविताको शैलीमा रचिएका छन्। त्यसैले यो सारा ब्रह्माण्डको असीमिततालाई छन्दमा ढाल्न खोज्दा ३३ करोड भनिएको हो।

संस्कृत भाषामा ‘कोटि’ शब्दको दुई वटा अर्थ हुन्छ । विभिन्न ग्रन्थहरूमा ‘त्रैअस्त्रिंसा देव’ ९ सय ३३ कोटि भनेर उल्लेख गरिएको छ, तर यसको मतलब ३३ करोड देवता होइन कि बरु ३३ प्रकारका देवताहरू छन् । भन्न खोजिएको हो।

कसरी?

यो कुराको पुष्टि ‘वृहदआरण्यक उपनीषद’बाट गर्न सकिन्छ। यो उपनीषदमा प्राचीन सिन्धु पर्वतमा एक साधुले गहिरो ध्यानबाट पुरातन विचार र दर्शनको वर्णन गरेको कुरा उल्लेख गरिएको छ। यसमा वैदिक संस्कार, रचना, ब्रह्माण्डको उत्पत्ति, निरपेक्ष आत्माको अवधारणा लगायतका अन्य परमज्ञानको बारेमा विस्तृतीकरण गरिएको छ ।