Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

श्रीमती मारेर जेल गए थिए, छुटेपछि गरे प्रेमिकाकी छोरीको हत्या,२ महिलामाथि कुखुरी प्रहार

२०८२, १६ श्रावण बिहीबार १५:०४

काठमाडौँ | एक दशकअघि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जेलसजाय काटेर आएका क्षीरेश्वरनाथ नगरपालिका– ९, इच्छापुरका ३५ वर्षीय रामबाबु साह फेरि अर्को हत्याको आरोपमा पक्राउ परेका छन् । आफूले प्रेम गर्दै आएकी महिलाले एकतर्फी प्रेम तोडेको आक्रोशमा उनले १२ साउनमा एक किशोरीको हत्या र दुई महिलालाई कुखुरी प्रहार गरी घाइते बनाएको अभियोग छ ।

धनुषा बटेश्वर गाउँपालि– ५, शान्तिपुर स्थायी घर भए पनि केही वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका– ४, कटैयाँ चोरीमा डेरा गरी बस्दै आएकी आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए । घाइते तीनै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा अञ्जलीको १३ साउनको राति उपचारका क्रममा मृत्यु भएको थियो । अन्य दुई घाइतेमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेकाले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, पक्राउ परेका रामबाबु साह यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भई जेलसजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेको अभियोगमा उनी पक्राउ परी झण्डै पाँच वर्ष जेल बसेका थिए । २०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए । तर, श्रीमती हुँदाहुँदै साह पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा थिए ।

रामबाबु र आशाबीचको सम्बन्ध परिवारमा समेत खुलेपछि आशाले दूरी बढाउन सुरु गरेकी थिइन् । पछि रामबाबु र आशाले मिलेर जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । प्रेम गरेको बापत रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए । तर, केही समयअघि आशाले उक्त रिक्सालाई आफ्नो भाइको नाममा दर्ता गराइदिएकी थिइन् । त्यहीँबाट दुवै जनाबीच प्रेममा दूरी बढेको थियो । पछिल्लो समय आशाले उक्त डेरा परिवर्तन गरी आफ्नै श्रीमान् र छोरीसँग बस्न थालेकी थिइन् । आशाका श्रीमान् वैदेशिक रोजगारमा रहँदै आएका छन् ।

रामबाबुले फोन गर्दा आशाले प्रतिक्रिया नदिने, दूरी कायम गर्न खोज्ने र उनको श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि रामबाबु आक्रोशमा आएका थिए । घटनाको राति आशाले रामबाबुलाई फोनमा गाली गरेकी थिइन् । त्यसपछि रामबाबु खुकुरीसहित राति ११ बजे आशाको डेरामा पुगेका थिए । प्रहीका अनुसार रामबाबु डेरामा पुगेपछि आशालाई मारपिट गर्न सुरु गरे । त्यसपछि अञ्जलीसहित दुवै बहिनीले आमालाई बचाइरहेका थिए ।

त्यसपछि रामबाबुले हातमा लिएको कुखुरी आशामाथि प्रहार गर्न खोज्दा अञ्जली अगाडि बढेपछि उनलाई नै कुखुरी लागेको थियो । प्रहरी नायब उपरीक्षक सिंहका अनुसार, मातिएका रामबाबुले पछि आशा र भतिजी राधामाथि पनि खुकुरी प्रहार गरेका थिए । घटनामा प्रयोग गरिएको खुकुरी र गाडीसमेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की