सुनको मूल्य लगातार घट्दो,आजको मूल्य कति ?

साझासवाल

काठमाडौँ | सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ थियो । साउन २३ गते हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको छ ।

 

त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०५ रुपैयाँ कायम भएको छ ।