Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल आईडलको ग्राण्ड फिनालेमा जाँदै हुनुहुन्छ ? त्यसोभए यो पढ्नुहोस

By kit 3 मिनेट पढाइ

चिसाङ शेर्पा/असोज ४, खोटाङ । कतारमा शुक्रवार हुन गईरहेको नेपाल आईडलको फिनालेमा दर्शकले मापसे सेवन गरेर आएको खण्डमा कार्यक्रम स्थलमा प्रवेशमा रोक लगाउने आयोजकले जनाएको छ ।

नेपाल आईडल ग्राण्ड फिनालेका आयोजक तथा स्वंयमसेवकले एक सुचना प्रकाशित गर्दै उक्त दिन कार्यक्रमको प्रवेशद्वारमा मापसे सेवन गरेको छ/छैन भन्ने चेक जाँच हुने भएकाले पहिला नै सचेत भएर मध्यपान तथा मदिराजन्य पदार्थ प्रयोग नगरी आउँन सुचनामा सबैमा आग्रह गरिएको छ ।

रोजगारीका लागी कतारमा रहेका करिब ५ लाख नेपालीको लागी बहु चर्चित रियालिटी सो आफु कार्यरत देशमा नै हुनु र हेर्न पाउनु अत्यन्तै महत्वपुर्ण कुरा भएकाले यो अवसर नगुमाउन आयोजकले सबैमा आग्रह समेत गरेको छ ।

नेपाल आईडलको फाईनल आउँदो शुक्रबार कतारको सनैयास्थित ग्राण्डमल सँगै रहेको एसियन टाउनको अम्फिथिएटरमा हुँदैछ । नेपाल आईडलका टप १२ प्रतिस्पर्धी सँगै नृत्यांगना तेरिया मगर, गायक हेमन्त राना, गायिका नलिना चित्रकार, हाँस्यकलाकार नारद खतिवडाको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।