Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जर्मनमा रहेका आत्मारामलाई नेपाल झिकाईदै, १ महिनाभित्रै नेपालको जेलमा !

By साझासवाल 5 मिनेट पढाइ

असोज ४, काठमाडौँ | जर्मनीमा रहेका आत्मारामलाई एक महिना भित्रै नेपाल झिकाई आवश्यक कारवाही गराईने भएको छ ।  - sajhasabal.com बाट

धादिङ त्रिपुरासुन्दरीका आत्माराम थपलियालाई नेपाल प्रहरीले जर्मनीबाट नेपाल झिकाउने तयारी समेत सुरु गरिसकेको छ । आत्मरामलाई सामाजिक संजालको दुरुपयोग गरेकाले कानुन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

आत्मारामलाई किन झिकाईदैछ नेपाल ?

सामाजिक संजालमा चर्को आलोचना खेपेका आत्मराम अहिले अध्ययनका लागि जर्मनीमा छन् । जर्मनीबाटै उनले नेपालको जातीय सद्भाव भड्काउने स्टाट्स लेख्ने तथा बिभिन्न व्यक्तित्वहरुलाई निराधार आरोप लगाउने काम गर्दै आएका छन् । उनले लेखेको स्टाटसमा सेर्पा, तामाङ, मगर गुरुङ, राई, लिम्बु र ठकुरी महिलाहरुलाई सिधै आक्षेप पुग्नेगरि आक्रोश प्रकट भएको थियो त्यस्तै सामाजिक काम गरिरहेका धुर्मुस सुन्तलीलाई समेत उनले आफ्नो स्टाटसमा अपशब्दले आलोचना गरेका थिए ।

उनलाई यिनै कारण नेपाल प्रहरीको सिआइबीले नेपाल झिकाउने तयारी थालेको जनाएको छ ।

आत्मरामले लेखेका अधिकांश स्टाट्स धर्म सम्बन्धी र जातजाती सम्बन्धी आधारित छ । यसै आरोपमा आत्मरामलाई नेपाल झिकाउन कुटनीतिक पहल सहित नेपाल प्रहरीले जर्मन स्थित सम्बन्धित निकायमा समेत पत्राचार गरिसकेको जनाएको छ । त्यस्तै इन्टरपोलको समेत सहयोग लिने बताइएको छ ।

धुर्मुस सुन्तली तथा बिभिन्न जातजाति संगै नेपालका सम्मननिय उपराष्ट्रपति नन्दबहादुर पुन र पुर्ब प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित, अर्को राजनीतिक दल एमालेलाई समेत मुछेर स्टाट्स हालेका थिए ।

आत्मारामले धुर्मुस सुन्तलीलाई नाटक र नौटंकी हुन्, रोमन क्याथोलिक माफियाका पाल्तु हुन्, ति पाल्तुनै रहनेछन् भन्दै आलोचना गरेका थिए |

उनले लेखेको तल्लो स्तरको आपत्तिजनक पोष्टमा धेरैले बिरोध गर्दै खरो प्रतिक्रिया दिएका छन् । बिरोध गर्नेहरुलाइ समेत लक्षित गरि आत्मारामले आफ्नो स्टाटसका कारण कसैलाई असर परेको भए अदालत वा प्रहरी कहाँ मुद्दा हाल्न भन्दै ठाडै चुनौती दिएका थिए । - sajhasabal.com बाट