Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाबाट दैनिक बाहिरिने यात्रुहरुको संख्यामा वृद्धि

२०७४, १० आश्विन मंगलवार १६:४२

मनोज पराजुली | असोज १०, काठमाडौँ | नेपालीको महान चाड बडादशैँ घरघरमा भित्रिएसँगै उपत्यकाबाट दैनिक बाहिरिने यात्रुहरुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो ।

उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाहरुबाट यात्रुहरु बाहिरिने गरेका छन् । दशैँका लागि अग्रिम टिकट बुकिङ भएको दिन भदौ २७ देखि दशैँको छैटौँ दिन मंगलबारसम्म तेह्र लाख ५६ हजार ४ सय ५९ जना काठमाडौँबाट बाहिरिएका छन् । दशैँ अगाडि सामान्य रहेपनि घटस्थापनाको दिनदेखि काठमाडौँबाट बाहिरिने यात्रुहरुको चाप उच्च भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बताए । यात्रुहरुको चाप बढेसँगै उपत्यका बाहिरिने नाका र बसपार्कमा चेकजाँचमा समेत कडाई गरिएको उनले बताए ।

 टिकट बुकिङ शुरु भएका दिन दैनिक ११ हजार २ सय ६ बसबाट ६ हजार ३ सय १६ यात्रु बाठमाडौँबाट बाहिरिएका थिए । यात्रु बाहिरिने क्रम वृद्धि भएसँगै यातायत व्यवसायीहरुले पनि बसहरुको संख्या थप्दै गएका छन् ।  घटस्थापनाका दिन १३ हजार ३ सय ४९ सवारी साधनबाट ९७ हजार ३ सय ४०, दोस्रो दिन १३ हजार ३ सय २१ सवारी साधनबाट एक लाख सात हजार ७ र तेस्रो दिन १४ हजार ४ सय १९ सवारी साधनबाट एक लाख ११ हजार ७ सय ३४ यात्रु बाहिरिएका छन् । चौँथो दिन १४ हजार ६ सय ४६ सवारी साधनबाट एक लाख २४ हजार ७ सय २९ यात्रु बाहिरिएका छन् । दशैँको पाँचौँ दिन १४ हजार ६ सय ४६ सवारी साधनबमट एक लाख २४ हजार ७ सय २९ यात्रु बाहिरिएका छन् । दशैँको छैँटौ दिन मंगलबार १५ हजार ८ सय ९८ सवारी साधनबाट सबैभन्दा धेरै १ लाख ३० हजार २ सय ६९ जना यात्रुले काठमाडौँ छोडेका छन् । दशैं मनाउन घर जानेहरु बढेपछि काठमाडौंको ट्राफिक पनि कम भएको महाशाखा भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै