असोज १८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको इथियोपियन एयरको जहाजमा एक्कासी धुवाँ निस्किएको छ ।

शान्ति सेनामा जाने नेपाली सेना लिन आएको बोइङ ७६७–३०० जहाजको अक्जिलरी पावर युनिट (एपीयू)मा धुवाँ निस्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

बुधबार बिहान १० बजेतिर त्रिभुवन विमानस्थलमा रोकिराखेको इथियोपियन जहाजबाट अकस्मात धुवाँ निस्केको देखिएको थियो । विमानभित्र आगो लागेर धुवाँ निस्कएको अनुमान गरिएको छ । तर, त्यसको पुष्टी भएको छैन ।

अहिले विमानबाट धुँवा निस्कन रोकिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले जानकारी दिए । रोकिएको जहाजबाट एक्कासी धुँवा निस्किएको थियो अहिले धुवाँ नियन्त्रणमा आइसकेको भएपनि धुवा कसरि निस्कियो भनेर अनुसन्धान भैरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यसका लागि विमानस्थलमा रहेका अग्नी प्रतिरोधक संयन्त्रको प्रयोग गर्नु नपरेको उनले बताए । विमामनस्थलका अनुसार इथोपिय एयरको अन्तरिक अग्निप्रतिरोध प्रणालीबाटै धुावा नियन्त्रणमा आएको हो ।

विमानमा यात्रु नभएका कारण अन्य मानवीय क्षती भने हुन पाएको छैन । अहिले धुँवा कसरी निस्कियो भनेर इथियोपियन एयरलाइन्सका जहाजका इन्जिनियरहरुले अध्ययन गरिरहेका छन् ।

तस्वीर स्रोतः एभियसन नेपाल

October 4, 2017
काठमाडौँ - KTM, समाज
त्रिभुवन विमानस्थलमा पार्किङ गरिएको जहाजमा धुवाँ निस्कियो
By kit
3 मिनेट पढाइ