Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कतारमा कामदारहरुलाई खुसीको खबर ! यस्तो नयाँ श्रम ब्यबस्था लागु हुँदै

By साझासवाल 2 मिनेट पढाइ

कात्तिक ९, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकको एक दिन अघि कतार सरकारले श्रम कानुनमा सुधारको घोषणा गरेको छ । अब उसले मजदुरहरुको न्यूनतम पारीश्रमिक निर्धारण गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय समुदायले आप्रवासी मजदुरहरुको स्थितिलाई लिएर कतार सरकारको आलोचना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय मजदुर संगठनले पनि आप्रवासी मदजुरहरुमाथिको शोषण बन्द गर्न चेतावनी दिइसकेको थियो ।

कतार सरकारले डिसेम्बर २०१६ मा कफाला सिस्टम अन्त्य गरेको थियो, जस अनुसार कामदारले जागिर वा देश छाड्नु अघि कम्पनीलाई जानकारी दिनु पर्थ्यो । अब भने कतारले श्रम कानुनमा सुधार ल्याउने बताएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका अनुसार कतार सरकारले आफ्नो श्रम कानुनमा परिर्वतन गरेको छ ।

अब सबै कामदारको न्यूनतम तलब तोकिनेछ । कम्पनीहरुले कतार छाड्न रोक लगाउन सक्दैनन् भने कामदारहरुको पहिचान पत्र कम्पनीले नभई सरकारले जारी गर्ने भएको छ ।