Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिद्यार्थीहरुद्वारा शिक्षा ऎन नवौं संसोधनको विरोध गर्दै आत्मदाहसम्मको आन्दोलन घोषणा

By साझासवाल 3 मिनेट पढाइ

कात्तिक २२, काठमाडौँ | शिक्षा ऎन २०२८ को नवौं संसोधनको विरोधमा त्रिभुवन विश्वबिध्यालयका बिद्यार्थीहरुले स्पोटर क्लबमा पत्रकार सम्मेलन गरेको छ ।

गत असोज ३ गते संसदबाट जारी भएको संसोधन राष्ट्र हित विपरित भएको र ७ लाख भन्दा बढि अध्यापन अनुमतिपत्र लिएका शिक्षित युवाहरुको विरुद्द भएको भन्दै बिरोध गरिएको हो ।

शिक्षाको नवौं संसोधनले ६० लाख भन्दा बढी बालबालिकाहरुको भबिष्यमाथीको खेलवाड गरेको भन्दै बिद्यार्थीहरुलाई त्यसबारे गम्भीर बनाएको र आन्दोलनमा उतृन बाध्य बनाएको पत्रकार सम्मेलनमा बताइएको छ । यसै बिरोधस्वरूप त्रि.वि. तदर्थ बिद्यार्थी संघर्ष समिति गठन समेत गरिएको छ । उक्त समितिको अघुवाईमा कात्तिक १९ गतेदेखि व्यानर र प्लेकार्ड सहित बिद्यार्थीहरुले बिरोध गर्दै आएका छन् ।

बिद्यार्थीहरुले आन्दोलनको घोषणा गर्दै शिक्षक सेवा आयोग घेराउ देखि आमरण अनसन र आत्मदाहसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।