पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक २८, काठमाडौँ ।</b> बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।<br></p><p>गएराति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।</p><p>यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस </p>

