Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज राति मिथुन उल्का वर्षा सक्रिय हुने, यसरी हेर्नुस उल्का बर्षा

By kit 3 मिनेट पढाइ

मङ्सिर २८,काठमाडौँ । देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ ।

सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैँ पृथ्वीको नजिक रहनेछ । उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो ।

उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घर नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्वीर खिच्न सक्नेछन् । आज राति चन्द्रोदय ३ः५६ बजे र भोलि बिहान सूर्योदय ६: ४६ बजे हुने भएकाले अवलोकनका लागि राति ८:४५ देखि ३: ५६ बजेसम्मको समय अनुकूल हुनेछ ।

उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवश्यकता पर्दैन । उल्का वर्षा हेर्ने उत्तम उपाय भनेको नाङ्गो आँखाले हेर्नु नै हो । उल्का वर्षा अवलोकन गर्न र क्यामेरामा कैद गर्ने प्रयासका लागि काठमाडौँमा रहेका सोसाइटीका सदस्य तथा इच्छुक व्यक्ति आज साँझ नगरकोट जाँदैछन् ।

उल्का वर्षासम्बन्धी थप जानकारीका लागि हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । रासस