पुस ६, काठमाडौं । मलेसियामा रहेका बिदेशी कामदारहरुले अब २०१८ देखि लेबी तिर्नुनपर्ने भएपछि खुसियाली छाएको छ । नयाँ बर्ष आउनै लाग्दा रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्ने भएका हुन् ।

मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ ।

मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको एउटा प्रमुख गन्तव्य हो ।

विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।

विदेशी कामदारको लेवि मलेसियाका बिभिन्न क्षेत्रहरुमा फरकफरक छ । मेलेसियन रिंगेट ५९० देखि १ हजार १० सम्म लेवि तिर्नुपर्दछ ।

अब नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी)मातहत आएको हो, जसको उद्देश्य रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउनु रहेको छ । विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड ल्याउने तयारी पनि मलेसिया सरकारले गरेको छ ।

December 21, 2017
काठमाडौँ - KTM, समाज
मलेसियामा रहेका नेपालीहरुलाई खुसीको खबर, २०१८ देखि नयाँ नियम
By साझासवाल
3 मिनेट पढाइ