Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

होटलका कर्मचारीको चक्कु प्रहारबाट एकको मृत्यु, ५ जना पक्राउ

By kit

पुस १३, काठमाडौँ । काठमाडौँ । महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल आमादब्लममा मदिरा सिपएर झगडा गर्दा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको छ ।

गए राति १२ बजे मदिरा सेवन गरी होटलका कर्मचारीसँग झगडा गर्दा सोही होटलका कर्मचारी डोनी शेर्पाले धारिलो हतियार प्रहार गर्दा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “खानेकुरा माग्दा नदिएपछि विवाद हुँदा गुरुङको हत्या गरिएको अनुसन्धानमा खुल्न आएको छ,”, उहाँले भन्नुभयो ।  रासस