Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

‘समृद्ध नेपालको मार्गचित्र’ सार्वजनिक

By kit

माघ १ काठमाडौँ |  स्थानीय विकासको सेरोफेरोलाई समेटेर तयार पारिएको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, साझा पार्टीका नेता गोविन्दनारायण तिमिल्सिनालगायतले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गर्नुभएको हो ।

जगन्नाथ काफ्लेद्वारा लिखित सो पुस्तकमा गाउँ र नगरलाई आगामी २० वर्षभित्र कस्तो बनाउने भन्नेबारेमा चर्चा गरिएको छ । लेखकले आफूले पढेको र देशविदेश घुम्दा देखेका विषयवस्तुलाई यथार्थ रूपले पुस्तकमा समेटनुभएको छ ।

करिब १६८ पृष्ठको सो पुस्तकको प्रकाशन खर्च लेखक आफैँले व्यहोनुभएको छ । पुस्तक बिक्रीबाट प्राप्त रकम काफ्लेले धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गर्ने जनाउनुभएको छ ।

पुस्तकमा गाउँ–नगर विकासमा जनप्रतिनिधिले गर्नुपर्ने कामका योजनाबारे विस्तृत व्याख्या गरिएकाले स्थानीय जनप्रतिनिधिका निम्ति सो पुस्तक प्रभाबकरी हुने जनाइएको छ ।

पुस्तकभित्र सामाजिक सुरक्षा, दिगो विकास, स्थानीय निकायमा वित्तीय व्यवस्थापन, सुशासन, कृषि, वन, पूर्वाधार विकास र फोहरमैला व्यवस्थापन गर्ने जस्ता विषय समेटिएका छन् ।

त्यसैगरी स्थानीय निकायका जनप्रतिनिधिले जनताको आकाङ्क्षामा भरोसा राख्ने, छिमिकी गाउँ÷नगरसँगको स्वस्थ प्रतिस्पर्धा, आपसी सहयोग, वित्तीय व्यवस्थापन, स्थानीय कर आदिको व्यवस्थापन गर्ने विषयसमेत समेटिएको छ ।

अष्ट ‘ज’ अभियान नेपालले आयोजना गरको सो कार्यक्रममा सहभागी वक्ताले पुस्तकको विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।  (रासस)