पढ्न करिब 1 मिनेट लाग्छ

माघ ९, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बिहान श्याम गोम्बेलाई पक्राउ गरेको हो । गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।

गौचनलाई गोली प्रहार गर्ने अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । उनीहरु दुवै जना सेनाका भगौडा हुन् । यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।