Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन फागुन ५ मा हुने

By kit

माघ १५, काठमाडौँ  | नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन ५ गते यहाँ हुने भएको छ ।

साना उद्योगी व्यवसायीको व्यावसायिक हक र अधिकारका लागि लामो समयसम्म लड्दै आएको महासंघले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनमा १९ संस्थाका ६०० प्रतिनिधिको सहभागिता रहने जानकारी दिनुभयो । उक्त महासंघमा झण्डै १० हजार साना व्यवसायी आबद्ध छन् ।

महासंघले सो महाधिवेशनमा घरबहाल नीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, भन्सारमा सबै व्यवसायीलाई पहुँच र सहजीकरण गर्नुपर्ने, ढुवानीमा भएको सिण्डिकेट प्रथा हटाउनुपर्ने, व्यावसायिक शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्नेलगायतका कुरालाई प्रमुख मुद्दाका रुपमा उठाइने बताएको छ ।

यस्तै धुवाँधुलो तथा फोहरमुक्त वातावरण कायम गर्नुपर्ने, लगानीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, न्यूनतम ब्याजदरमा व्यवसायी ऋण उपलब्ध गराउनुपर्ने, युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्नेलगायतका समस्यालाई समेत महाधिवेशनले उठाउने भएको छ । रासस