Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

१७ नक्कली चिकित्सक र सञ्चालक पक्राउ

By kit

<p><b>माघ १५, काठमाडौँ । </b>नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट १७ चिकित्सक तथा सञ्चालकलाई आज पक्राउ गरेको छ ।&nbsp;<br></p><p>पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक रहेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।&nbsp;</p><p>ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अपराह्न विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको थियो ।&nbsp;</p>