पढ्न करिब 1 मिनेट लाग्छ

माघ २७, काठमाडौँ । सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना सवार जीप त्रिशुली नदिमा खसको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोलाङबाट त्रिशुली नदीमा गाडी खसेको हो । कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको बताइएको छ । वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको भण्डारीले बताए ।

घाइते चालक सर्लाही वरथवाका निरञ्जन यादवको उद्दार गरिएको छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।